Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा नयाँ राजनीतिक कोर्स अघि बढ्छ : चापागाईं



विराटनगर : नेकपा माओवादी केन्द्रका नेता तथा कोशी प्रदेश सांसद दुर्गाप्रसाद चापागाईंले प्रदेशमा नयाँ राजनीतिक कोर्स अघि बढ्ने बताएका छन् ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्रीसमेत रहेका उपमहासचिव वर्षमान पुनसँग भेट गरेका चापागाईंले प्रदेशमा राजनीतिक कोर्स बन्ने र त्यो सुरक्षित र सफल रुपमा अघि बढ्ने बताए ।

उनले भेटमा कोशी प्रदेश सरकार निर्माण गर्ने सम्बन्धमा राजनीतिक, संवैधानिक एवं कानुनी प्रक्रियाका बारेमा महत्वपूर्ण छलफल भएको बताए ।

चापागाईंले अन्य प्रदेशमा जस्तै कोशीमा पनि नयाँ सरकार बन्नेमा ढुक्क रहेको बताए । उनले भने, ‘सम्माननीय प्रधानमंत्री एवं पार्टी अध्यक्ष कमरेड प्रचण्ड र आदरणीय नेता बर्षमान पुन अन्नतसँग कोशी प्रदेश सरकार निर्माण सम्बन्धी राजनीतिक, संवैधानिक एवं कानुनी प्रक्रियाका बारेमा महत्वपूर्ण छलफल गर्ने अवसर प्राप्त भयो । ढुक्क होऔँ अन्य प्रदेश मा जस्तै कोशी प्रदेश मा पनि नयाँ राजनीतिक कोर्स सुरक्षित र सफल रुपमा अघि बढछ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार