विराटनगर : नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । बिहीबार राति भएको निर्वाचनबाट राउत जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।
राउतले ३४४ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्वन्दी परमेश्वर घिमिरेले २३० मत ल्याए । घिमिरे निवर्तमान जिल्ला अध्यक्ष हुन् ।
यस्तै उपाध्यक्षमा कालुमान लामा १९२ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार दिलबहादुर तामाङले १९१ र भरतबहादुर थापाले १३७ मत ल्याए । उपाध्यक्षमा निर्वाचित भएका लामा एमालेको तत्कालीन जिल्ला सचिव तथा चौदण्डीगढी नगरपालिकाका मेयर हुन् ।
सचिवमा टेक बहादुर राउत १९१ मत ल्याएर निर्वाचित हुँदा महेश रोकाले १४० र सम्भू पौडेलले १८३ मत ल्याएका छन् ।
उपसचिवमा हेम खड्काले १९४ मत ल्याएर निर्वाचित भएका छन् । खुल्ला उपसचिवमा ५ जनाको उम्मेदवारी थियो । जीवनाथ दाहाल १०८ मत, मन्दिप राइ ९३, दुर्गानन्द चाैधरी ५३ र धर्मबहादुर तामाङकाे ४६ मत ल्याएका छन् ।
महिला उपसचिवमा भने दुई जना उपमेयरलाई पछि पार्दै गंगा राई निर्वाचित भएकी छन् । राईले २६० मत पाउँदा गीता खड्काले १२५ र महेश्वरी राईले १४९ मत ल्याइन् । खड्का कटारी र राई त्रियुगा नगरपालिकाकी उपमेयर हुन् ।