विराटनगर : अनेरास्ववियुले स्थायी कमिटी सदस्य रक्षा बमलाई निलम्बन गरेको छ । अनेरास्ववियुका अध्यक्ष समीक बडालले बिहीबार विज्ञप्ती जारी गरेर बमलाई निलम्बन गरिएको जानकारी दिएका छन् ।
बमलाई प्रहरीले मंगलबार आपराधिक लाभ लिएको अभियोगमा पक्राउ गरेको थियो ।
अनेरास्ववियुले बमको विषयमा निष्पक्ष अनुसन्धानको गर्न नेपाल प्रहरी समक्ष मागसमेत गरेको छ ।
‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले निष्पक्ष प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रक्रिया अवधिभर क. रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौँ ।’
साथै सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिमाथि उजुरीकै आधारमा निजी जीवनमाथि आक्रमण गर्ने प्रयास भएको भन्दै त्यसमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको पनि बडालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।