विराटनगर : आगामी बैशाख १५ गते इलामको क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले चार जनाको नाम सिफारिस गरेको छ ।
माओवादीका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले मंगलबार जिल्लाबाट आएका नाम केन्द्रमा सिफारिस गरेको जानकारी दिए ।
माओवादी केन्द्र इलाम जिल्ला समितिले केन्द्रीय सदस्य धीरेन्द्र शर्मा (रमण), प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम प्रदेश समितिमा सिफारिस गरेको थियो । प्रदेश समितिले सोही नाम केन्द्रमा पठाएको हो ।
इलाम २ का सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि यो क्षेत्रमा उपचुनाव हुँदै छ । नेकपा एमालेले भने सुवासका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । अरु दलले भने अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।