विराटनगर : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
मंगलबार प्रेस चौतारी नेपाल उदयपुरले गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले चाडैँ प्रदेश सरकारहरु परिवर्तन हुने र कोशीमा एमालेको सरकार बन्ने बताए ।
गठबन्धनमा रहेका दलहरुसँग छलफल गरेर चाडैँ प्रदेशमा सरकार परिवर्तन हुने बताए ।
यस्तै पोखरेलले एमालेले कुनै षड्यन्त्र नगरी देशको हितका लागि नयाँ समीकरण निर्माण गरेको बताए । उनले अघिल्लो गठबन्धन अस्वभाविक र अलोकतान्त्रिक भएकाले स्वतः यस्तो परिस्थिति निर्माण भएको बताए ।
एमालेले सुरु गरेको मिसन ८४ लाई सफल बनाउन अहिलेको सत्ता समीकरण महत्वपूर्ण रहेको उनको भनाइ छ ।