Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

सुहाङसँग केही गर्ने हुटहुटी र ऊर्जा छ : ओली



विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदबार बनाइएका सुहाङ नेम्वाङलाई जितको शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले सुहाङसँग केही गर्ने ऊर्जा भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन् । फुटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश जोश भएका युवाको रुपमा पाएको छु । आम युवामा जस्तै उनीमा पनि केही गर्ने हुटहुटी र ऊर्जा छ । शुभकामना छ सुहाङलाई !’

यस्तै एमाले सचिव योगेश भट्टराईले पनि इलामले योग्य पात्र पाएको बताएका छन् । उनले भनेका छन्, ‘सुहाङको यात्रा सुरु भयो! इलामले पाए योग्य पात्र !!’

नेकपा एमालेले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार