फाइल फोटो
विराटनगर : नेकपा एमालेका नेता एवम् प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलले कोशी प्रदेशमा चाडैँ सरकार परिवर्तन हुने दाबी गरेका छन् ।
शनिबार मोरङको झोराहाटमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पोखरेलले प्रदेशमा केन्द्रकै गठबन्धनको सरकार बन्ने बताए ।
नयाँ बनेको गठबन्धनसँग प्रदेशमा सरकार बन्ने स्पष्ट आधार भएको बताउँदै उनले मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए ।
यस्तै पोखरेलले अहिलेको सत्ता गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताए ।