विराटनगर : कोशी प्रदेश सरकारले प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दीया कार्कीलाई नियुक्त गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई रिक्त रहेको प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।
कार्की प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् ।
यसअघि २०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त भएकी जिना कार्की लामो समयदेखि अमेरिकामा छिन् । उनले नेपाल छाडेपछि मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा पूर्वसांसद कार्कीलाई नियुक्त गरिएको हो ।
यस्तै विकास बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राई नियुक्त भएका छन् ।