Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाई ७ ले सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने



रतुवामाई-७ को वडा कार्यालय

विराटनगर : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर-७ ले सरकारी विद्यालयमा पढ्ने कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

वडा अध्यक्ष राम कार्कीले बुधबार सूचान गरी रतुवामाई-७ स्थायी घर भई नगरपालिकाभित्रका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने बताएका छन् ।

कार्कीले विद्यार्थीहरुको उच्च शिक्षामा सहयोग पुगोस् र स्थानीय स्तरमा भएका सामुदायिक विद्यालयको सुधारका निम्ति त्यस्तो निर्णय गरेको बताए ।

उनका अनुसार छात्रवृत्ति प्राप्त गर्नका लागि स्थायी ठेगाना खुल्ने कागजातसहित रतुवामाईभित्रका सरकारी विद्यालयमा भर्ना भएको प्रमाणपत्र र सम्बन्धित विद्यालयमा नियमित अध्ययनरत रहेको सिफारिस पत्र आवश्यक पर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार