विराटनगर : नेकपा एमालेले आगामी बैशाख १५ गते इलामको क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न चाहने ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।
आइतबार एमाले इलामले स्वर्गीय सुवासचन्द्र नेम्वाङ पुत्र सुहाङसहित ६ जनाको नाम सिफारिस गरेको हो ।
सुहाङ सुवासका कान्छा छोरा हुन् । यस्तै रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राईको नाम केन्द्रीय कमिटीमा सिफारिस गरिएको हो ।
इलाम २ का सांसद सुवासचन्द्र नेम्वाङको हृदयाघातका कारण केही समयअघि निधन भएको थियोे ।
बुबाको निधनपछि सुहाङ पार्टीको गतिविधिमा सक्रिय छन् । पछिल्लो समय उम्मेदवार बन्ने चर्चामा रहेका सुहाङ निर्वाचन क्षेत्रका हरेकजसो कार्यक्रममा सहभागी भइरहेका छन् ।