विराटनगर : नेकपा एमाले संखुवासभा जिल्ला कमिटीको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन् ।
जिल्ला कमिटीको नवौं अधिवेशनबाट अध्यक्षमा राई सर्वसम्मत चयन भएको एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले जानकारी दिए ।
अन्य पदाधिकारी र सदस्यमा भने निर्वाचन हुने भएको छ । राईका अनुसार अहिले मतदानको तयारी भइरहेको छ ।
नेकपा एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुबीर महासेठको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा स्थायी कमिटी सदस्य शेरधन राई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य जीवन घिमिरे, तुलसी न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहेको थियोे ।