Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गैरसरकारी संस्थालाई प्रस्तावना र प्रतिवेदन लेखन तालिम



विराटनगर । गैरसरकारी संस्थाहरूको क्षमता अभिवृद्धिका लागि आयोजित प्रस्तावना तथा प्रतिवेदन लेखन तालिम सम्पन्न भएको छ ।

गैसस मोरङको आयोजनामा आइतबारदेखि सुरु भएको दुईदिने तालिम सम्पन्न भएको हो । समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले तालिममा सैद्धान्तिक ज्ञान प्राप्त भए पनि त्यसलाई व्यवहारमा नउतार्दा तालिमको चौचित्यमाथि प्रश्न उठ्ने गरेको बताए ।

गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा पन्तले महानगरपालिकाले गैससहरुलाई विगतदेखि नै सहयोग गर्ने गरेको बताइन् । उनले आगामी दिनमा पनि सहयोग गर्न आग्रह गरेकी छन् ।

विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले प्रशिक्षार्थीहरुलाई प्रस्तावना र प्रतिवेदन लेखनसम्बन्धी तालिम दिएका थिए । महानगर क्षेत्रभित्र सञ्चालित गैससका ५० जना प्रतिनिधिहरु तालिममा सहभागी भएको गैसस मोरङकी सचिव सरिता खनालले जानकारी दिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार