Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

म्यान अफ द म्याच हुने खेलाडीलाई क्यूआरबाट भुक्तानी



विराटनगर । विराटनगरमा मंगलबारदेखि शुरु हुने कोशी प्रदेश क्रिकेट प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीलाई क्युआरबाट भुक्तानी गर्ने भएको छ ।

आयोजक मोरङ जिल्ला क्रिकेट संघ र एनआइसी एशिया बैंक बीच प्रतियोगितामा म्यान अफ द म्याच हुने खेलाडीहरुलाई क्युआरबाट भुक्तानी गर्ने सहमति भएको हो ।

सोमबार बैंकको तर्फबाट ब्रान्डिङ्ग एण्ड कर्पोरेट कमिनिकेसनका प्रमुख सरोज भट्टराई र संघको तर्फबाट मोरङ अध्यक्ष महमद सादबाबु कुरेशीले सम्झौता गरेका छन् । म्यान अफ द म्याच हुने खेलाडीलाई कति राशि दिने त्यो मंगलबार तोकिने अध्यक्ष कुरेशीले बताए । डिजिटल माध्यमबाट पहिलो पटक खेलकुद क्षेत्रमा भुक्तानी गर्ने योजना ल्याएको उनले बताए ।

फागुन २२ गतेबाट चैत्र ३ गतेसम्म प्रतियोगिता विराटनगरको बैजनाथपुर रंगशालामा हुनेछ ।
सात ओटा प्रदेशसगैँ ३ ओटा विभागिय टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि करिब ७५ लाख रुपैया खर्च हुने उनको भनाई छ । लिग कम नकआउटको आधारमा खेल हुने आयोजकले बताए ।
प्रतियोगिताका विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार