Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विद्यालयको पढाइले मात्र पठन संस्कृतिको विकास हुँदैन: अध्यक्ष ओली



काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विद्यालयको पढाइले मात्रै पठन संस्कृतिको विकास नहुने बताएका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले पढन संस्कृतिको विकास गर्नका लागि हरेक नागरिक सचेत हुनुपर्नेमा बताए । खोज, अनुसन्धान, लेखन र सिर्जनशीलको विकास गर्नसके पठन संस्कृतिको विकास गर्न सकिने उनको भनाइ छ ।

अध्यक्ष ओलीले कोरोना महामारीपछि सबै राष्ट्र पुनरुत्थान भइसक्दा पनि नेपालको अर्थतन्त्र भने कोभिडका कारण कमजोर भयो भन्नुको कुनै अर्थ नभएको उल्लेख गरे ।

‘अहिलेको अर्थतन्त्र कोरोना भाइरसले ओरालो लागेको होइन । यदि कोरोना भाइरसले अर्थतन्त्र ओरालो लाग्थ्यो भने अमेरिका, चीन भारतलगायत देशको अर्थतन्त्र ऋणात्मकमा झरेको हुने थियो,’ उनले भने ‘सबै देश पुरुत्थानमा भइसके । तर हामी जहाँको त्यही छौँ ।’

ओलीले नेपालको राजनीतिक परिस्थितिमा कुन बेला को सरकारमा हुन्छ को हुँदैन भन्ने कुरा भन्न नसक्ने अवस्था रहेको बताए । एमाले इतिहास र जिम्मेवारी बोकेको देश बनाउने भिजन रहेको पार्टी रहेको दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार