विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इटहरीको सरस्वती सामुदायिक वन तालतलैयामा हात्ती पीडितलाई ५० हजारको चेक हस्तान्तरण गरेका छन् ।
प्रकृति संरक्षण र पर्यटन प्रवर्द्धनका लागि हात्तीमैत्री यात्राको पाँचौ दिन आइतबार पीडितलाई चेक हस्तान्तरण गरेर यात्रा अगाडि बढाएक हुन् ।
भारतबाट समय समयमा आउने हात्तीका कारण यस क्षेत्रका बासिन्दाहरुमा परेको प्रभावको जानकारी लिने र राज्यको तहबाट सम्बोधन गर्नुपर्ने नीतिगत र कार्यक्रमको योजना बनाउन मुख्यमन्त्री कार्की पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीका साथमा पूर्व झापादेखि उदयपुरसम्म चुरेफेदीसम्मको यात्रामा छन् ।