उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ तिल्बारीको सिंगो गाउँनै नेकपा एमालेमा समाहित भएका छन ।
शुक्रबार एक समारोह विच स्थानीय सन्तोष लुङेली मगरको नेतृत्वमा सिंगो गाउँ समुदायहरु माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन ।
नेकपा एमालेका अध्यक्ष प्रमेश्वर घिमिरे, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईको उपस्थितीमा तिल्बारी गाउँका २५ घरपरिवार नेकपा एमालेमा प्रवेश गरेको छन ।
एमाले प्रवेश गर्नेहरुमा चेतबहादुर लुङेली मगर, तिलकबहादुर राना मगर, खिम कुमारी मगर, पुर्ण बलम्पाकी, धनबहादुर खड्का, लेख बहादुर खुलाल, तिलक बुर्जा मगर, लाल बहादुर परियार लगाएत रहेको एमाले अध्यक्ष प्रमेश्वर घिमिरेले जानकारी दिए ।