माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो
विराटनगर : नेकपा माओवादी केन्द्रका नेता तथा कोशी प्रदेशका पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले आफूहरू नेपाली कांग्रेससँगको गठबन्धनमा बस्न इच्छुक नभएको बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै आङ्बोले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘कांग्रेससँगको गठबन्धन अर्थात कलहको पोखरीमा डुबुल्की मार्न हामी पनि खास इच्छुक छैनौं ।’
उनलेे अहिलेको गठबन्धनमा पुनर्विचार गर्ने भए आफूहरू तयार रहेको बताए । ‘किन ०८४ को चुनावमा मात्र अहिलेकै गठबन्धनमा पुनर्विचार गर्ने भएनी हामी तयार नै छौं नि, ‘उनलेे लेखेका छन् ।