Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरकाे सत्यनारायण माविले मनायाे ७१ औं वार्षिकोत्सव



विराटनगर । विराटनगरस्थित सत्यनारायण माविले ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएकाे छ ।

विद्यालयले वार्षिकोत्सवको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालयले व्यवस्थापन समितिका पूर्वअध्यक्ष मदनकुमार श्रेष्ठ, पूर्व प्रधानाध्यापक तुलाराम गुरुङ, पूर्वकर्मचारी रामेश्वरप्रसाद साह र शिवनारायण मण्डललाई सम्मान गरेको हाे ।
िवराटनगर महानगरका मेयर नागेश कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज कट्टेलले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । कक्षागत परीक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत सम्मान गरिएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य र गीत पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दैै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरु प्राप्त हुने बताए ।  मेयर कोइरालाले प्राविधिक शिक्षाले मात्रै देश विदेशमा रोजगारीका अवसर प्राप्त हुने बताए । उनले डिग्रीका सर्टिफिकेट देखाएर जागिर खाने दिन गएको दावी गरे । “चारवटा विषयमा डिग्री गरे पनि हातमा सीप नभए रोजगारी पाउने अवस्था छैन,” उनले थपे, “प्राविधिक ज्ञान र हातमा सीप भए विश्वका जुनसुकै कुनामा गए पनि रोजगारी सजिलै पाउन सकिन्छ ।” मेयर अंग्रेजी भाषा र कम्प्युटरसम्बन्धी राम्रो ज्ञान भए रोजगारी पाउन सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार