विराटनगर : प्रहरी प्रधान कार्यालयले एकैपटक ७८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले फागुन १ गतेको निर्णयअनुसार फागुनको तलब भत्ता सम्बन्धि सरुवा भएको स्थानबाटै पाउने गरे ७८ जना एसपीको सरुवारकाज गरेका हुन् ।
कोशी प्रदेशमा ११ जना एसपीको सरुवा भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दिपक पोखरेलको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएको छ । पोखरेलको स्थानमा जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्की आएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, मानवस्रोत व्यवस्थापन महाशाखाका एसपी ऋषिराम कंडेलको जिल्ला प्रहरी कार्यालय बाग्लुङमा सरुवा भएको छ ।
धनकुटाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाको नेपाल प्रहरी पहरा गण सामाखुसी काठमाडौँमा सरुवा भएको छ भने अपसाध अनुसन्धान नेपालगञ्जमा कार्यरत विमल बस्नेतको धनकुटा सरुवा भएको छ ।
यस्तै झापाका एसपी दुर्गाराज रेग्मी सरुवा भएर बागमती प्रदेश प्रहरी कार्यालय मानवस्रोत महाशाखा हेटौँडा पुगेका छन् ।
कोशी प्रदेश आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखाबाट विनोद सिलवालको प्रहरी प्रधान अपराध अनुसन्धान विभाग काठमाडौँमा सरुवा भएको छ । कोशी प्रदेश अपराध अनुसन्धान धरानबाट भीमबहादुर दाहालको कोशी प्रहरी गण विराटनगरमा सरुवा भएको छ भने उनको स्थानमा कोशी प्रहरी गण विराटनगरका एसपी लक्ष्मी अधिकारी आएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको एसपीमा मिलन केसी आएका छन् । उनको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट झापा सरुवा भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तनुहँका एसपी सुमनकुमार तिम्सिनाको कोशी प्रदेश आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा भएको छ ।