Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कटहरीमा स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई पाँच हजार



विराटनगर : मोरङको कटहरी गाउँपालिकाले सुत्केरी महिलाहरुलाई प्रोत्साहन गर्ने भएको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुलाई पाँच हजार रुपैयाँ दिने भएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक सुकलप्रसाद साहका अनुसार गर्भ रहेको ८ महिनासम्म स्वास्थ्य संस्थामा नियपमत परिक्षण गर्नेलाई दुई हजार रुपैयाँ र स्वास्थ्य संस्थामा बच्चा जन्माएमा तीन हजार रुपैयाँ गरी पाँच हजार रुपैयाँ वितरण गर्दै आएको हो । सो रकम स्वास्थ्य संस्थाबाटै वितरण हुने उनको भनाइ छ ।

गाउँपालिकामा हाल कटहरी र थलाहामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । सो बर्थिङ सेन्टरमा आउनको लागि एम्बुलेन्सको निःशुल्क व्यवस्था गाउँपालिकाले नै गरेको छ ।

कार्यक्रमको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेट अपुग भएमा पुन थप गरिने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार