Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

माओवादीको बैशाखीमा हिँडेर कांग्रेस कहीँ पुग्दैन : रिजाल



विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले नेकपा माओवादी केन्द्रको बैशाखी टेकेर कांग्रेस कहीँ नपुग्ने बताएका छन् । जनताले अपहले बलियो कांग्रेस चाहेको बताउँदै रिजालले कांग्रेसले एक्लै हिँड्न सक्नुपर्ने बताए ।

शुक्रबार कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनमा बोल्दै उनले भने, ‘माओवादीको वैशाखीबिना उभिनसक्ने कांग्रेसको आवश्यकता छ यत्तिबेला । माओवादीको वैशाखीमा हिँडेर कांग्रेस कहीँ पुग्दैन ।’

अगाडि उनले भने, ‘प्रतिस्पर्धाले तेस्रो दल यति सानो छ कि त्यसलाई काखीमा राखेर एकले अर्कोलाई तह लगाउनुपर्ने अवस्था छ । अघिल्लो पटक केपी शर्मा ओलीले ११ निर्वाचन क्षेत्रमा मात्र ठूलो पार्टी भएको माओवादीलाई बोकेर १०० सीटमा लड्दा ८० सीट जिते । अहिले हामीले माओवादीलाई बोकेर ५७ सीट जितेका छौँ । तर, भोट ओलीको भन्दा कम छ । यस्तै वैशाखीमा हिँडेर कांग्रेस कहीँ पनि पुग्दैन ।’

 

प्रतिक्रिया
सम्बन्धित समाचार