क्रमशः रास्वपाका सभापति रवि लामिछाने र अभिनेता दयाहाङ राई
विराटनगर : नेपाली चलचित्र क्षेत्रका चर्चिक नायक दयाहाङ राईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिमा छिटो छलाङ मारेको बताएका छन् ।
काठमाडौँको एक टेलिभिजनमा अन्तर्वाता दिँदै अभिनेता राईले लामिछानेको पार्टी चाहेकोभन्दा धेरै बढेर गएकाले घातक हुनसक्ने बताए ।
राईले भने, ‘राजनीतिमा उहाँ (लामिछाने) ले धेरै छलाङ मार्नुभयो । एकैपटक गृहमन्त्री हुनुभयो । तर, चाहेकोभन्दा धेरै बढेर जाँदा पार्टीलाई घातक हुनसक्छ ।’
उनले कुनै बेला नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी देशको प्रमुख पार्टी भएको र उनीहरुको विस्तारै साख खस्किदै गएको उदाहारण दिँदै राजनीतिमा धैर्यता राख्न लामिछानेलाई सुझाव दिएका छन् ।