Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

गृह जिल्लामा देउवालाई धक्का, पूर्व जिल्ला सभापति राप्रपामा प्रवेश



विराटनगर : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नै गृह जिल्लामा धक्का लागेको छ ।

नेपाली कांग्रेस डडेल्धुराका पूर्व जिल्ला सभापति रामचन्द्र चटौत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

मंगलबार डडेल्धुरामा राप्रपाले आयोजना गरेको आमसभामा चटौतसहितका नेताहरु राप्रपामा प्रवेश गरेका हुन् । उनीहरुलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले टिका माला लगाएर पार्टीमा स्वागत गरे ।

सोही क्रममा व्यवसायी प्रमोद जोशी, नेकपा एमालेका जिल्ला सदस्य महादेव भट्ट, नेकपा माओवादीका गाउँ कमिटी अध्यक्ष मनोरथ भट्ट लगायत सयौं नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेको अध्यक्ष लिङ्देनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार