Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

उदयपुरगढीमा एक वडा एक नर्सरी कार्यक्रम स्थगित



उदयपुर : उदयपुरको उदयपुरगढी गाउँपालिकाले योजना प्रभावकारी नभएपनि एक वडा एक नर्सरी कार्यक्रम स्थगित गरेको छ ।

गाउँपालिकाले यो कार्यक्रम तीन वर्षदेखि सञ्चालन गर्दै आएको थियो । तर, प्रभावकारी नभएको भन्दै आर्थिक वर्षदेखि २०८०/०८१ स्थगित गरेको हो ।

गाउँघरमा नर्सरीको प्रभाव राम्रो नभएका कारण कार्यक्रम सञ्चालन गर्न समस्या आएको गाउँपालिकाका कृषि शाखाका प्रमुख पारसमुणि फुयाँलले बताए ।

‘सहरमा भए कौसीमा वा बारीमा रोप्नका लागि भए पनि केही बोट विरुवा किनेर लैजानु हुन्छ,’ उनले भने, ‘तर गाउँमा त्यस्तो हुँदैन । अधिकांशले मागेर मात्रै लैजाने गर्नुहुन्छ ।’ नर्सरी सञ्चालन गर्ने कृषकले गुनासो गरे पछि गाउँपालिकाले कार्यक्रम स्थगित गरिएको उनले बताए ।

सो कार्यक्रमलाई स्थगित गरी चालु आवबाट गाउँपालिकाले उत्पादनमा आधारित कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकामा हाल ३०० वटा फार्म सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार