Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

शहिदभूमीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



धनकुटा : धनकुटाको शहिदभूमी गाउँपालिकामा पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा शनिबारदेखि वडा नं ७ को खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

गाउँपालिकाको अध्यक्ष मनोज राई र उपाध्यक्ष रत्नश्वरी राईको अतिथ्यतामा सुरु भएको प्रतियोगिा भोलि सोमबारसम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा पालिकाभित्रका १३ वटा विद्यालयको सहभागिता रहेको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख मनोज कुमार पौडेलले जानकारी दिए ।

प्रतियोगितामा हाइजम्फ लङजम्प, एथलेटिक्स, दौध लगायत छात्र र छात्रामा १४ विधागत प्रतियोगिता हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार