Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश १ को नामाकरण गर्न एमालको तीव्र पहल


  • Purbeli Press
  • मंगलबार, जेष्ठ ३१ २०७९

विराटनगर : प्रदेश नं १ को नामाकरण गर्न यतिबेला राजनीतिक दलहरु अघि सरेका छन् । लामो समयदेखि प्रदेशको नामाकरणका वियषमा सहमति जुटाउन नसकेको एमालेले दलभित्र सहजीकरण गर्न थालेपछि सरकारमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि नामाकरणका विषयलाई महत्वका रुपमा हेरेका छन् ।

मंगलबार एमालेका प्रदेश सभा सदस्य एवम् नामाकरण सहजीकरण समितीका संयोजक हिक्मत कुमार कार्की र जनता समाजवादी पार्टीका नेता एवम् प्रदेशका स्वास्थ्य मन्त्री जयराम यादवले प्रदेश नामाकरणबारे छलफल गरेका छन्।

बजेट अधिवेशनभित्रमा अन्य दलहरुसँग पनि छलफल गरेर प्रदेशको नामाकरणलाई सार्थक निष्कर्षमा पुर्याउने सहमती भएको हो।

अहिले प्रदेश १ को प्रदेशसभामा नेकपा एमाले ३९, नेपाली कांग्रेस २१, नेकपा (एकीकृत समाजवादी) १०, नेकपा माओवादी केन्द्र १४, जनता समाजवादी पार्टी नेपाल ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रियमञ्चका तर्फबाट एक/एक सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार