विराटनगर : अनेरास्ववियु ताप्लेजुङ जिल्ला कमिटीको अध्यक्षमा विवेक बानियाँ चयन भएका छन् ।
शनिबार सम्पन्न जिल्ला कमिटीको २३ औं अधिवेशनले बानियाँको नेतृत्वमा सर्वसम्मत २९ सदस्यीय नयाँ कमिटी चउन गरेको हो ।
अधिवेशनबाट कमिटीको उपाध्यक्षमा प्रदीप गुरुङ (पब्लिक) र मिलन प्रधान चयन भएका छन् ।
यस्तै सचिवमा अमित काङ्वा, सहसचिवमा मनकुमार तेङबुङ, विनायक सेन्दाङ, जानुका पौडेल र सुजन तिम्सिना चयन भएका छन् ।
नवगठित जिल्ला कमिटीको कोषाध्यक्षमा सनुवा गौतम चयन भएकि छन् ।