Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीका मुख्यमन्त्री कार्की र एमाले दलका नेताबीच भेटवार्ता



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ । दुई कार्कीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको हो ।

भेटमा प्रदेश सरकारले ल्याएको अध्यादेश र प्रदेशको समग्र राजनीतिक अवस्थाका बारेमा छलफल भएको मुख्यमन्त्री कार्कीले जानकारी दिए ।

कोशी प्रदेश सरकारले माघ ६ गते प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुका लागि सुविधा उपलब्ध गराउने उद्देश्यले अध्यादेश ल्याएर ऐन संशोधन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

सरकारले गठबन्धन दलका सांसदलाई अनुकुल हुने गरी पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन संशोधन गरेको हो । एमालेले यसको विरोध गरिरहेको छ ।

बिहीबार मात्रै पूर्वमुख्यमन्त्रीसमेत रहेका हिक्मत कार्कीले मुख्यमन्त्री कार्कीलाई पत्रचार गर्दै अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार