Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लिम्चुङबुङमा नवनिर्मित विद्यालय भवनको उद्घाटन



विराटनगर : उदयपुरको लिम्चुङबुङ गाउँपालिका-५ स्थित जनता माध्यमिक विद्यालय जाँतेको नवनिर्मित भवनको उद्घाटन भएको छ ।

कोशी प्रदेश सरकार र लिम्चुङबुङ गाउँपालिकाको संयुक्त लगानीमा बनेको ८ कोठे भवनको शुक्रबार उद्धाटन भएको हो । विद्यालयका अनुसार १ करोड ३६ लाखको लागतमा भवन निर्माण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालशेर राईको अध्यक्षता सम्पन्न कार्यक्रममा कोशी प्रदेश सभा सदस्य नारायण बुर्जा मगरले नवनिर्मित विद्यालय भवन उद्घाटन गरेका हुन् ।

कार्यक्रममा लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईलगायत स्थानीय जनप्रतिनिधि, अभिभावक, बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवीको उपस्थिति थियो ।

यस्तै प्रदेश सांसद मगरले शुक्रबार नै स्व. यादककुमार कार्की स्मृति सभाहलको उद्धाटन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार