Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले कोशीमा धोका दियो : वर्षमान पुन



विराटनगर : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा सत्ता साझेदार नेपाली कांग्रेसले आफूहरुलाई धोका दिएको बताएका छन् ।

शनिबार रोल्पामा माओवादी जनप्रतिनिधि र जिल्लास्तरीय नेताहरूलाई प्रशिक्षण दिँदै नेता पुनले कांग्रेसले धोका दिएका कारण कोशीमा चम्पादेवी कार्की पराजित भएको बताए । कोशीमा गठबन्धनसँग स्पष्ट चुनाव जित्ने मत हुँदाहुँदै पनि महिलातर्फ माओवादीकी कार्कीलाई एमालेकी रुक्मिणी कोइरालाले पराजित गरकी छन् ।

पुनले कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए । उनले भने, ‘कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ। कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं।’

कांग्रेससँगको गठबन्धनमा माओवादीले हरेक चुनावमा इमान्दार बनेर कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ? भन्दै उनले प्रश्न समेत गरे । उनले कांग्रेसले विश्वासको गुमाएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार