विराटनगर : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) उदयपुर जिल्ला कमिटीको अध्यक्षमा सिंहराज राई चयन भएका छन् ।
शनिबार सम्पन्न जिल्ला कमिटीको १७ औँ अधिवेशनले राईको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।
जिल्ला कमिटीको उपाध्यक्षमा युवराज दाहाल र सारद खड्का चयन भएका छन् । अधिवेशनबाट सचिवमा रोयल खड्का सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै सहसचिवमा नवराज बस्नेत, अनिशा चौधरी, केवल तामाङ र करुणा खड्का तथा कोषाध्यक्षमा बोलीराज आचार्य निर्वाचित भएका छन् ।
अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ३५ सदस्यीय सर्वसम्मत जिल्ला कमिटी चयन गरेको अनेरास्ववियुका केन्द्रीय सदस्य भुवन दाहालले जानकारी दिए ।