Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेकी कोइरालालाई गठबन्धनका तीन सांसदले दिए मत



विराटनगर : कोशी प्रदेशमा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार रुक्मिणी कोइरालालाई सत्ता गठबन्धनका तीन सांसदले मतदान गरेको खुलेको छ ।

केही समयअघि सुरु भएको मतगणनामा प्रदेश सांसदहरुको मतगणना गर्दा कोइरालालाई ४९ जना सांसदले मत दिएको खुलेको हो ।

कोशीमा एमाले र राप्रपाको गठबन्धन छ । प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । तर, उनले आफ्नो गठबन्धनभन्दा बाहिरको मत ल्याएकी हुन् ।

कोइरालालाई ४९ जनाले मत दिँदा सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीलाई ४४ जना सांसदले मत दिएका छन् । कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार