Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मोरङको ग्रामथानका अध्यक्ष जयप्रकाश गच्छदारको निधन



विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । गच्छदारको ५६ वर्षको उमेरमा सोमबार निधन भएको हो ।

चार महिनाअघि नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरेर विराटनगरस्थित होटल स्ट्रन स्टारमा आयोजन गरेको कार्यक्रममा खाना खान लाग्दा उनी अचानक बेहोस भएर ढलेका थिए ।

बेहोस भएर ढलेपछि गच्छदारलाई उपचारका लागि विराटनगरकै पारस अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नहुने भएपनि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको थियो । लामो समयदेखि उनी त्यहा उपचाररत थिए ।

२०८० माघ १० गते साँझ बेहोस भएर ढलेका उनकाे उपचारपछि जेठ १ गते घर लगिएको थियोे । उनको निधन घरमै भएको हो।

उपचारमा संलग्न चिकित्सकले थारुलाई ‘ब्रेन ह्याम्रेज’ भएको बताएका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। अध्यक्ष बिरामी परेपछि गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रूपमा काम गरिरहेकी छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार