विराटनग : काेशी प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ ।
मन्त्रिपरिषद्काे बुधबार बसेकाे बैठकले प्रदेशसभाकाे चालू चाैथाे तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख प्रशुराम समक्ष सिफारिस गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेशको जारी अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य भएको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय दलित आयाेगकाे तेस्राे वार्षिक प्रतिवेदन २०८९/०८० काे प्रदेशसभामा पेश गर्ने, काेशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्याैदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएकाे प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री शम्शेर राईले बताए ।
स्थानीय तह मातहतबाट प्रदेशमा हस्तान्तरण भएर आए पनि मदन भण्डारी ट्रमा अस्पताल मंगलबारेका कर्मचारीहरू स्थानीय तहमा नै रहेकाले समायाेजन, व्यवस्थापन तथा संशाेधनका सिफारपस गर्ने निर्णय भएकाे राईले बताए ।