विराटनगर : कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका सांसद अम्बरबहादुर बिष्ट निर्विरोध निर्वाचित हुने भएका छन् । मंगलबार भएको मनोनयन दर्तामा सभामुखका लागि बिष्टको मात्रै उम्मेदवारी परेको छ ।
बिष्ट प्रदेशसभा सचिवालयमा उम्मेदवारी दर्ता गराएका हुन् । आज दिउँसो ३ बजेबाट सभामुखको निर्वाचन हुने भनिएपनि उनको एकल उम्मेदवारी परेको हो ।
प्रदेशसभामा रहेका सबै दलको समर्थनमा उनी निर्विरोध निर्वाचित हुनेछन् । उनलाई सत्ता गठबन्धनले यसअघि नै सघाउने निर्णय गरिसकेको थियो भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि बिष्टलाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
सत्ता गठबन्धनमा रहेका दल बाहेक अरु उम्मेदवार भएकाले राप्रपाका बिष्टलाई सहयोग गर्ने एमालेको निर्णय छ ।