Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा राप्रपाले सभामुख पाए एमालेले सहयोग गर्ने



एमाले संसदीय दलको बैठक

विराटनगर : कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सभामुख पाए सघाउने निर्णय गरेको छ ।

प्रदेशमा गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे सघाउने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

उनले एमालेले सभामुखका लागि उम्मेदवार उठाउने परिस्थिति नभएको बताए । सत्ता गठबन्धनमा रहेका दल बाहेक अरु उम्मेदवार भए एमालेले सहयोग गर्ने निर्णय भएको उनले बताए ।

कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार