Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशीबाट अधिकारी र कोइराला बने उम्मेदवार



विराटनगर : नेकपा एमालेले कोशी प्रदेशबाट राष्ट्रिय सभाको उम्मेदवार टुंगो लगाएको छ ।

माघ ११ गते हुने निर्वाचनको लागि एमालेले अन्य निर्वाचन क्षेत्रबाट भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रुक्मिणी कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले कोशीको उपाध्यक्ष टिकाराम चेम्जोङले जानकारी दिए ।

अधिकारी पूर्व माओवादी नेता हुन् । नेकपा विभाजनपछि उनी एमालेमै बसेका थिए ।

राष्ट्रियसभाको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार