विराटनगर : नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सरकारको अयोग्यताका कारण लोकतन्त्रमाथि अराजकताबादी र पश्चगामीहरुले धावा बोल्ने दुस्प्रयास गरेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत भट्टराईले सरकारको अयोग्यताका कारण लोकतन्त्र जस्तो सर्वस्वीकार्य व्यबस्थामाथि अराजकताबादी र पश्चगामीहरुले धावा वोल्ने दुस्प्रयत्न गर्दै नेपाललाई कमजोर बनाएर विभिन्न शक्तिहरुले फाईदा लिन खोजेको आरोप लगाए ।
उनले सर्लाहीको बरहथवामा सत्ता गठबन्धनका मानिसहरुको अराजकतापूर्ण क्रियाकलाप र सत्ता उन्मादका कारण होनाहार एक युवाले र ललितपुरको वालकुमारीमा सरकारकै नालायकीपनका कारण दुई होनाहार युवाको ज्यान गएको बताएका छन् ।
उनले परिस्थिति सरकारको कमाण्डभन्दा धेरै टाढा पुगिसकेको बताए । बिग्रिदो परिस्थितिलाई सहि मार्गमा फर्काउन, राष्ट्रिय स्वाभिमान र आत्मविश्वास जाग्रित गर्न केहि नयाँ कोर्शका बारेमा पहल लिने वेला भयो कि ? भन्दै उनले बहस आवश्यक रहेको बताए ।
भट्टराईले लेखेका छन्ः
सर्लाहीको बरहथवामा सत्ता गठबन्धनका मानिसहरुको अराजकतापूर्ण कृयाकलाप र सत्ता उन्मादका कारण होनाहार एक युवाले जीवन गुमाउनु पर्यो । ललितपुरको वालकुमारीमा सरकार कै नालायकीका कारण दुई होनाहार युवाको ज्यान गयो ।
परिस्थिति सरकारको कमाण्डभन्दा धेरै टाढा पुगिसक्यो । सरकारको अयोग्यताका कारण लोकतन्त्र जस्तो सर्वस्विकार्य व्यबस्थामाथि अराजकताबादी र पश्चगामीहरुले धावावोल्ने दुस्प्रयत्न गर्दैछन भने नेपाल राष्ट्रलाई कमजोर बनाएर बिभिन्न शक्तिहरुले फाईदा लिन खोज्दैछन ।
बिग्रिदो परिस्थितिलाई सहि मार्गमा फर्काउन, राष्ट्रिय स्वाभिमान र आत्मविश्वास जाग्रित गर्न केहि नयाँ कोर्शका बारेमा पहल लिने वेला भयो कि ? बहस जरुरी छ !