विराटनगर : नेकपा एमालेले प्रदेश अधिवेशनपछि भूमिकाबिहीन बनेका पाँच प्रदेशका पूर्व अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
शुक्रबार पार्टी कार्यालयमा बसेको एमालेको सचिवालय बैठकले प्रदेशका पाँच पूर्वअध्यक्षसहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
एमालेका महासचिव शंकर पोखरेलले दिएको जानकारी अनुसार कोशीका पूर्वअध्यक्ष तुलसी न्यौपाने, बागमतीका केशव पाण्डे, कर्णालीका विनोद शाह, सुदुरपश्चिमका दामोदर भण्डारी र मधेशका रामअवतार यादव केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
बैठकले एमाले झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।