Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

राष्ट्रिय सभामा एमालेलाई केही सिट दिनुपर्छ : माओवादी नेता आङ्बो



माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो

विराटनगर : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री इन्द्रबहादुर आङ्बोले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई पनि केही सिट दिनुपर्ने बताएका छन् ।

माओवादी कोशी प्रदेशसभाका संसदीय दलका नेतासमेत रहेका आङ्बोले निषेधको भन्दा पनि सहकार्यको राजनीति गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा नेकपा एमालेलाई पनि समेट्नुपर्ने प्रस्ताव गठबन्धनमा गरेपछि माधव नेपाल लगायतका नेताहरुले त्यसमा विमति राखेका तिए ।

नेता आङ्बोले सामाजिक सञ्जालमार्फत राष्ट्रिय सभाले सरकार बनाउने वा भत्काउने नभएकाले एमालेलाई पनि समेट्नुपर्ने बताए ।

उनले भनेका छन्, ‘राष्ट्रिय सभाको आकारले सरकार बन्ने वा भत्कने होइन । सरकारको नीति कार्यक्रम, बजेट र बिधेयकहरु पास गराउन राष्ट्रिय सभामा २ तिहाइ भन्दा बढि संख्या सरकार समर्थित दलहरु संगै रहन्छ । आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेलाइ शून्य बनाएर निषेध गर्ने भन्दा गठबन्धनसहित प्रमुख प्रतिपक्षी एमालेलाई पनि भागबन्डा गरि केही सिट दिएर राष्ट्रिय महत्वको बिषयमा सहकार्य गर्दा नै उपयुुक्त हुन्छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार