Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सहिदभूमि गाउँपालिकाले लोकसेवाको निः शुल्क कक्षा सञ्चालन गर्ने



विराटनगर : धनकुटाको सहिदभूमि गाउँपालिकाले लोकसेवा आयोगको निः शुल्क कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले निजामति कर्मचारीमा प्रवेश गराउन उत्प्रेरणा दिनको लागि कक्षा सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम २०८०/०८१ अन्तर्गत सबै वडाबाट योग्यता पुगेका परीक्षार्थीलाई निः शुल्क लोकसेवा आयोगको कक्षा सञ्चालन गर्न लागेको जनाइएको छ ।

गाउँपालिकाका योग्यता पुगेका इच्छुकले चार दिनभित्रमा अनलाइन विधिबाट आवेदन दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार