फुङ्लिङ : कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । केही साताअघिदेखि चिसो बढेपछि पर्यटक नआएका पर्यटन व्यवसायी पेमा शेर्पाले बताइन् ।
विगतका वर्षमा यो समयमा हिमपात हुने गरे पनि अहिले भने हिमपात भएको छैन् ।
पर्यटक नआएपछि स्थानीय होटल–लज पनि बन्द भएका छन् । होटल व्यवसायीहरु पर्यटक नआएपछि होटल बन्द गरेर कोही फुङ्लिङ झरेका छन् भने केही काठमाडौँ पुगेका छन् ।
चिसो याम प्रारम्भ हुनुअघिसम्म कञ्चनजङ्घा क्षेत्रमा पर्यटकहरुको उल्लेखनीय आगमन भएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का टासी तेन्जिङ शेर्पाले बताए ।
गत असोज देखि पुस सम्ममा विभिन्न देशका सात सय ६० जना पर्यटक कञ्चनजङ्घा क्षेत्रको अवलोकनमा आएका थिए भने आन्तरिक पर्यटकको आगमन पनि उल्लेख्य रहेको उनले बताए ।