Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

परिसंघले गर्यो राष्ट्रपति पौडेललाई अभिनन्दन, स्वतन्त्रता सेनानी र सञ्चारकर्मी पनि सम्मानित



विराटनगर । उद्योग परिसंघ कोशीले आज राष्ट्रपति रामचन्द्र पौडेललाई अभिनन्दन गरेको छ ।
परिसंघको पदस्थापन कार्यक्रमपछि राष्ट्रपति पौडेललाई अभिनन्दन गरेको हो । अभिन्दन कार्यक्रम अगाडि उद्योग परिसंघ कोशीको पदस्थापन गरिएको थियो । वर्तमान अध्यक्ष भीम घिमिरे पछि निर्वाचित भएका उद्योगी व्यवसायी पवन सारडाले पदभार ग्रहण गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की थिए । पदस्थापन पछिको कार्यक्रममा स्वतन्त्रता सेनानीहरु सहित समाजका विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अग्रज पत्रकार अनन्तराज न्यौपाने र शंकर खरेललाई समेत सम्मान गरिएको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार