सोलुखुम्बु । सोलुदुधकुण्ड नपा ११ तिंलामा रहेको सिंहकाली माध्यमिक विद्यालयमा सञ्चालित राष्ट्रिय सेवा दलको तालिम समापन भएको छ ।
तालिम साउन १ गतेदेखि जारी तालिममा कक्षा ८, ९ र १० कक्षामा अध्ययनरत ३४ जना विद्यार्थीहरुले सहभागिता थिए ।
तालिममा सहभागीमध्यो ३४ जना विद्यार्थीहरु पुष ९ देखि २९ गते मोरङको याङसिलामा सञ्चालन हुने क्लोज क्याम्पमा सहभागि हुने भएका छन् । साथै उक्त क्लोज क्याम्पमा १४ जिल्लाका विभिन्न विद्यालयका (एनसिसि) तालिम लिएका जुनियर क्याडेटहरुको सहभागि हुने दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीका सेनानी नवराज बस्नेतले जानकारी दिए ।
तालिम समापनका अवसरमा सोलुखुम्बुका निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले राष्ट्रको सुरक्षाका लागि अहारात्र खटिने नेपाली सेनाको कार्य प्रशंसनीय रहेको बताए । उउनलेविद्यालय स्तरमा सञ्चालन हुने ७९ दिनको तालिमले विद्यार्थीहरुमा राष्ट्रसेवाको भाव लिएर काम गर्नका लागि प्रेरणा मिल्न सक्ने बताउँदै भावी दिनमा नेपाली सेनामा भर्ति लाग्न चाहानेलाई सहयोग मिल्ने बताए ।
दुर्गा बक्स गण सुरक्षा गुल्म सल्लेरीका सेनानी नवराज बस्नेतले युवाहरुमा राष्ट्रियताको भावना विकास गर्ने, नेतृत्व क्षमताको विकास गरि विपतको समयमा उद्धार तथा राहात कार्यमा स्वयमसेवकको भूमिका निर्वाह गर्न सक्ने अनुशासित नागरिक बनाउने उद्धेश्यका साथ ७७ वटै जिल्लामा नेपाली सेनाले हरेक वर्ष तालिम सञ्चालन गरिरहेको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिठूला खड्काले राष्ट्रिय सेवा दल (एनसीसी) तालिमले विद्यार्थीहरुको भविष्यलाई समेत निकै महत्वपूर्ण सहयोग गरेको बताउँदै हौसला मिलेको बताए ।
प्रद्यानाध्यापक कुमार खड्काले आफनो विद्यालयका विद्यार्थीहरुले राष्ट्रिय सेवा दल (एनसीसी) तालिम प्राप्त गर्दै गर्दा विद्यालयलाई महत्वपूर्ण अवसर मिलेको बताउँदै विद्यार्थीहरुको भविष्य निर्माणमा तालिमले सहजता प्रदान गरेको विचार व्यक्त गरे ।