Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्थाको अन्त्य: मुख्यमन्त्री कार्की



विराटनगर । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था अन्त्य हुने बताएका छन् ।
रिडेफ नेपालले बिहीबार आयोजना गरेको प्रदेशको नीति तथा योजनामा दलित सरोकार विषयक अन्तरक्रियामा उनले विभेदरहित समाज निर्माणका लागि चालु आर्थिक वर्षबाट प्रदेश सरकारले सुरू गरेको मानवीय विकास अभियानले कोशी प्रदेशमा १० वर्षपछि दलित लेख्ने अवस्था नरहने बताएका हुन् ।
यसका लागि प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, प्रत्येक पालिकाका दुई जना विपन्नलाई कृषि र पशु प्राविधिक शिक्षालगायतका मानवीय विकासको काम सुरू भइसकेको छ,उनले भने, बजेटमा अधिकार खोज्ने भन्दा समानता र विभेदरहित समाज निर्माणमा जानुपर्ने बेला आइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार