Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एसईईमा अब कम्तीमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने



काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसईई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् ।

नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसईई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे ।

बोर्डका अध्यक्ष शर्माले भने, ‘एसईईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसईई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार