विराटनगर : सुनसरीको धरानबाट प्रकाशित हुने ब्लास्ट दैनिकका सम्पादक किशोर कुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
कार्कीलाई बुधबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
कार्की मंसिर १७ गते राप्रपामा प्रवेश गरेका थिए । कार्की ब्लास्टका प्रबन्ध निर्देशक समेत हुन् ।