Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

खोटाङ पुगेर प्रधानमन्त्री प्रचण्डलाई ओलीले दिए जन्मदिनको शुभकामना



दिक्तेल : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका छन् ।

नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा रहेका ओलीले खोटाङको दिक्तेल पुगेर प्रचण्डलाई जन्मदिनको शुभकामना दिएका हुन् ।

ओली ओखलढुंगाको हर्कपुरमा आयोजना गरिएको आमसाभालाई सम्बोधन गरेर खोटाङ आइपुगेका हुन् । पहिचानवादीको अवरोध छिचोल्दै ओली मंगलबार साँझ खोटाङको सदरमुकमा दिक्तेल आइपुगेका छन् ।

ओलीले सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डसँगको तस्बिर अपलोड गर्दै लेखेका छन्, ‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा र खोटाङ गरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथा मेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो। उहाँको आज जन्मदिन, जन्म दिनको शुभकामना !’

प्रतिक्रिया
सम्बन्धित समाचार