Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

ओखलढुंगा माओवादीका दुई प्रभावशाली नेता एमालेमा प्रवेश



दिक्तेल : नेकपा एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा ओखलढुंगाका दुई प्रभावशाली माओवादी नेता एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार ओखलढुंगाको हर्कपुरमा भएको बृहत आमसभामा उनीहरु एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेश गर्नेमा लिखु गाउँपालिका २ का वडाध्यक्ष उम्मेदवार युवा नेता शिवराम खड्का र अनेरास्ववियु क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सुरेश खड्का छन् ।

मंसिर १४ गतेबाट सुरु भएको यो अभियान आजबाट कोशी प्रदेशमा प्रवेश गरेको छ । हर्कपुरमा भएको प्रदेशको पहिलो आमसभामा उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट हजारौंको संख्यामा मानिसहरूको उपस्थिति रहेको थियो ।

हर्कपुरमा आमसभा सम्पन्न गरेर अहिले पार्टी अध्यक्षसहितको टोली खोटाङको दिक्तेल बजार आइपुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार