Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले अध्यक्ष ओलीलाई घुर्मीमा स्वागत



घुर्मी : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उदयपुरको घुर्मीमा स्वागत गरिएको छ ।

एमालेले सुरु गरेको मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा ओलीलाई घुर्मीमा स्वागत गरिएको हो ।

यो सँगै एमालेको अभियान कोशी प्रदेशमा प्रवेश गरेको छ ।

अध्यक्ष ओलीसहितका नेताहरुलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट हजारौंको संख्यामा मानिसहरूको उपस्थिति रहेको छ ।

ओखलढुंगाको हर्कपुरमा हुने सभा गरेर आजै खोटाङको हलेसी पुग्नेछ कार्यतालिका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार